२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सदस्य शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २०, २०८१

(ABC-Sanchar)
दाङ । सदस्य शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी गरिएकाे छ । प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाकाे कार्यालयकाे गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने सवालमा भेद्भावपूर्ण व्यवहार गरिएको प्रगतिशील पत्रकार संघले आरोप लगाएको छ । आस्थाकै आधारमा सदस्यता नवीकरण नगरिएका पत्रकारहरुको सदस्यता नवीकरण गरिनुपर्ने, नयाँ क्रियाशील पत्रकारहरुलाई सदस्यता प्रदान गर्नुपर्ने र स्थानान्तरण गरिएका पत्रकारहरुको प्रस्तावित जिल्लाहरुमा कायम हुनुपर्ने संघले माग गरेको छ ।

यसैबीच पत्रकार एमसी र रिजालले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालयमा समेत अनिश्चितकालिन तालाबन्दी गरेका छन् । प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले केही दिन अघि पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालय सातमाराकाे नबनर्मित कार्यालयमा तालाबन्दी गरेका हुन् । महासंघले रिजाल र एमसीकाे सदस्यता खारेज गरेपछि उनीहरु दुबै महासंघप्रति रुष्ट बनेका छन् ।

यता आफूहरुकाे माग सम्बाेधन नभए पत्रकार महासंघ दाङ शाखाकाे कार्यालय अगाडी आमरन अनसन शुरु गर्ने प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसीले चेतावनी समेत दिएका छन् । उनले आफू अहिले सम्म कुनै लाभकाे पदमा समेत नरहेकाे र लगातार पत्रकािरता मै कृयाशिल रहेकाे अवस्थामा सदस्यता हटाउनु गैर जिम्मेवार कार्य भएकाे भन्दै पत्रकार महासंघ केन्द्रिय समितीप्रति कडा आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!