२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

दाङको तुल्सीपुरमा तेल हाल्न गएको कारमा अचानक आगलागी

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(ABC-Sanchar)
दाङ । तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो।

आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ नम्बरको कारमा एकाएक आगलागी भएको थियो।

कारमा अचानक आगो बलेपछि पेट्रोल पम्पका कर्मचारी र त्यहाँ रहेका मानिसहरूले ठेलेर पम्पबाट केही पर पुर्‍याएका थिए।

लगत्तै पेट्रोल पम्पको फायर एक्सटिंग्विसरको सहायताले कारमा लागेको आगो निभाइएको छ। केहीबेरमा तुलसीपुर उपमहानगरपालिकाको दमकल समेत पुगेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसादद पोखरेल लगायतको प्रहरी टोलीपनि घटनास्थल पुगेको थियो। आगलागी भएको झन्डै आधा घन्टाको अन्तरालमा पूर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो।

समयमै आगो निभाउन नसकेको भए र आगो पेट्रोल पम्पसम्म फैलिएको भए तुलसीपुर बजारमा ठूलो क्षति हुने त्रास फैलिएको थियो।

डिएसपी पोखरेलले स्टार्ट गर्ने क्रममा कारमा आगलागी भएको बताए।

‘कार पुरानो रहेछ,’ उनले भने, ‘वायरिङको गडबढीले एकाएक स्टार्ट गर्ने क्रममा कारमा आगलागी भएको हुनुपर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!