२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पूर्व एआईजी चन्दले दिए आत्महत्या दुरुत्साहनमा जाहेरी तारा बराल पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(ABC-Sanchar)
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन् ।

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ । ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ ।

पूर्व एआईजी रणबहादुर चन्दले केही दिन अगाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । उजुरीबारे बरालले आफैले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!