२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

महानगरले बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको सुख्खा फोहोर बिक्रीको लागी बोलपत्र आह्वान

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(ABC-Sanchar)
काठमाडौं । हाल धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ को कुँडुले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा काठमाडौं महानगरपालिकासहित २१ वटा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएका छन्।

त्यहाँ जैविक र सुख्खा फोहोर एकै ठाउँमा बिसर्जन हुँदै आएको छ। बञ्चरेडाँडा पुगेको फोहोर वर्गीकरण गरी बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको छ। काठमाडौं महानगरले २२ करोड ४८ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो।

बञ्चरेडाँडा ल्यान्डफिल साइट भित्रको फोहोर पुनः प्रयोग, पुन चक्रिय प्रयोग गर्न इच्छुक व्यक्ति, संघ—संस्थाले जेठ ५ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ।

काठमाडौं महानगरले यसअघि पनि टेन्डर आह्वान गरेको थियो। तर प्रस्ताव नपरेपछि पुनः बोलपत्र आह्वान गर्नुपरेको महानगरले जनाएको छ।

काठमाडौं उपत्यकाबाट दैनिक सरदर १ हजार ४०० टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुँदै आइरहेको छ। वर्गीकरण नगरी सुख्खा र कुहिने फोहोर एकै ठाउँमा राखेर विसर्जन गर्दा बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु घटिरहेको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा पनि औंल्याइएको छ। सहरी विकास मन्त्रालयले बनाएको कार्यविधिअनुसार फोहोर व्यवस्थापन नहुँदा २० हजार घनमिटर क्षमताको लिचेट पोखरी पनि भरिएर कोल्पु खोला क्षेत्रमा हानिकारक रसायन मिसिन पुगेकोसमेत महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।

हाल बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकाको छ। काठमाडौं महानगरपालिकाका दुईवटा वडाले मात्र फोहोर स्रोतमा कुहिने र नकुहिने रूपमा वर्गीकरण गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!