२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न’ वरिष्ठ एसएसपी डम्बर ब. बिकको बिदाई

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१/०२/१६ गतेको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्कीबाट यस नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाण्डौंमा सरूवा भई आउनु भएको प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापा ज्यूलाई आज मिति २०८१/०२/२१ गते यस कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ज्यूले फुलमाला,अविर तथा खादा लगाई स्वागत गरी यस कार्यालयको सम्पुर्ण जिम्मेवारी बुझबुझारत गरे पश्चात नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा दरबन्दी भई कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक तारादेबी थापा ज्यूले यस नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशी, काठमाण्डौंबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाण्डौंमा सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ज्यूलाई खादा, अविर तथा मायाको चिनो प्रदान गरी बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गर्नुभएको थियो । साथै बिदाई भई जानु भएका प्र.ब.उ. डम्बर बहादुर बि.क.ले विपद् प्रतिकार्यको लागि प्रहरी संगठन भित्र मात्र नभइ बाह्य संघ संस्था, सरोकारवाला निकायहरु र अग्रज बिज्ञहरुसंग समन्वय गर्नुपर्ने बताउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!