२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

औषधीजन्य सामग्रीहरु जफत गरे आन्दोलन गर्ने चेतावनी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २२, २०८१

(ABC-Sanchar)
काठमाडौँ । कानुनअनुसार औषधी बेच्दा पनि जफत गरिएको भन्दै औषधी व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मङ्गलबार काठमाडौँमा उनीहरूले औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीहरू बेच्दा पनि मेडिकल व्यवसायीहरूको औषधी जफत गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

नेपाल औषधी थोक व्यवसायी सङ्घका अध्यक्ष बिसराज बास्कोटाले औषधी व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत पाइने भन्दै औषधी विभागले कुनै जानकारी नदिई भ्याट तिरेर ल्याएको सामान जफत गर्नुले औषधी व्यवसायीहरू ताल्चा लगाएर आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले औषधी विभागले पनि अनुगमन गर्ने र महानगरले पनि अनुगमन गर्ने गरिरहेको भन्दै क्षेत्राधिकार कसको पर्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले औषधी अनुगमनको क्षेत्र महानगरको पर्छ की पर्दैन भन्ने प्रश्न गर्नुभयो ।

अध्यक्ष बास्कोटाले भन्नुभयो, ‘‘औषधी व्यवस्था विभागमा दर्ता नभएको सामान छ भने जफत गर्न पाइन्छ । पसल भित्र अर्को कुराको व्यापार भयो भने त्यो स्वीकार्य छ । विभागले हाम्रा साथीहरूको सामान जफत भएको छ । हामीलाई कुनै जानकारी नदिई भ्याट फनमा ल्याएको सामान जफत गरेर राख्दा हामीलाई दुःख लागेको छ । महानगरको कार्यक्षेत्र औषधी क्षेत्रमा पर्छ की पर्दैन । यस्तै स्थिति रह्यो भने पसल बन्द गर्नुपर्ने स्थिति आउँछ ।’’

यता, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ऐनले कुनैपनि पेसा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेकाले सोहीअनुसारको व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले विभागका कर्मचारीहरूले अनुगमनका क्रममा फार्मेसीहरूमा बेच्न पाइने बाहेकका औषधीहरू राखेको भएमात्रै जफत गरेको बताउनुभयो । उहाँले फार्मेसीमा व्यवसायी नहुने बित्तिकै तालाचाबी लगाइदिने कुरा हुनु नहुने र त्यसमा विभागले ध्यान दिने बताउनुभयो ।

‘‘औषधी ऐनले कुनैपनि पेसा व्यवसाय गर्न व्यवसायी राख्नुपर्ने, व्यवसाय हुनुपर्ने भन्ने तोकेको छ । पेसा व्यवसाय गर्नका लागि व्यवसायीको व्यवस्था गरेको छ । त्यो फार्मासिस्ट होला वा व्यवसायी होला । व्यवसायी बसेर त्यो काम गर्छ भनेरै राखिएको हो । तर कहिले कहीँ त्यो अनुपस्थित हुनसक्छ । त्यही कारणले व्यवहारिक रूपमा कहीँ गएको हुनसक्ला ।,’’ महानिर्देशक ढकालले भन्नुभयो, ‘‘यो कहिले कहीँ हुनसक्ने घटना हो । सधैँ भयो भने त्यो नियत हो । त्यसैले औषधी विभागका अधिकारीहरूले केही समय पर्खिएर हेर्ने र विगतको पनि के छ उसको व्यवहार यस भन्दाअघि पनि अनुपस्थित रहेको हो वा यो पहिलो घटना हो भन्ने निरीक्षण हुन्छ । कतै पनि निरीक्षणका क्रममा ताल्चा जानेबित्तिकै लगाउनुभएको छैन । औषधी बेच्ने बनेको फर्ममा अन्य वस्तु राखेको भए त्यो हामीले छोड्न मिल्दैन ।’’

उहाँले औषधी बेच्ने बनेको ठाउँमा अन्य वस्तु राखेर बेचेको पाए कानुनले नछोड्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!