(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङ प्रदेश र केन्द्रीय समितिबाट उत्कृष्ट शाखाका रूपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा यही वैशाख १९ गते प्रदेशकै उत्कृष्ट शाखाका रूपमा सम्मानित गरेको हो । यसैगरी पत्रकार महासंघ केन्द्रीय समितिले २७औं महाधिवेशनका अवसरमा यही वैशाख २१ गते काठमाडौंमा उत्कृष्ट शाखाका रूपमा सम्मान गरेको छ । देशमै पहिलोपटक मिडिया साक्षरता र मिडिया महोत्सवजस्ता रचनात्मक कार्यक्रमको सुरुवात गर्नुका साथै सदस्यता शुद्धीकरण, पत्रकार आचारसंहिता पालना र संस्थागत विकासमा उत्कृष्ट काम गरेको भन्दै दाङ शाखालाई सम्मान गरिएको छ । यही सेरोफेरोमा रहेर नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीसँग गरिएको कुराकानी:-
नेपाल पत्रकार महासंघ दाङ शाखाको तीन वर्षे कार्यकाल कस्तो रहृयो ?
तीन वर्षअघि हाम्रो कार्यसमिति निर्वाचित भएर आउँदा देशमा कोरोना संक्रमणको दोस्रो चरणको महामारी व्यापकरूपमा फैलिइरहेको थियो । केही समयपछि लकडाउन नै भयो । अस्पताल बिरामीले भरिभराउ थिए, बिरामी राख्ने ठाउँ र अक्सिजनको अभाव बढिरहेको थियो । त्यस्तो बेला पत्रकार महासंघको सभा हलमै १२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरियो । पत्रकारहरूलाई उपचारमा समस्या भएपछि विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी चार लाख ५० हजार रुपैयाँको पत्रकार सहायता कोष पनि स्थापना गरियो । जसबाट पत्रकारहरूको उपचारमा सहयोग गरियो । उक्त कोषबाट अहिले पनि आपत्मा परेका पत्रकारलाई सहायता दिने गरिएको छ । कोरोना महामारीको जोखिमका बीच पनि कोरोना संक्रमित पत्रकारका घरघरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने, स्वास्थ्यलाभको कामना गर्ने र पौष्टिक आहार प्रदान गर्ने काम गरियो । यसरी कठिनाई र चुनौतीका बीच कार्यकाल सुरु भए पनि तीन वर्षे कार्ययोजना बनाएर सोहीअनुसार धेरै महत्वपूर्ण काम सम्पन्न गरेका छौं । पत्रकारका दुःखसुख बुझ्ने, अभिभावकत्व प्रदान गर्ने र संकटमा पत्रकारको साथमा रहने काममा सधंै तत्पर रहृयौं । साथै पत्रकारहरूको क्षमता विकासका लागि आधारभूतदेखि, विधागत र एडभान्स तहका तालिमहरू सञ्चालन ग¥यौं । दाङ शाखाको वेभसाइट सञ्चालन गरी सूचना प्रविधिको युगसँग दौडने काम गरेका छौं । पत्रकारहरूलाई खोजमूलक पत्रकारिताका लागि लेखनवृत्ति प्रदान गर्ने, विभिन्न अवसर सिर्जना गर्ने, श्रमजीवीका पक्षमा पैरवी गर्ने र पत्रकारहरूको क्षमता विकासका काम निरन्तर गरिरहृयौं ।
नेपाल पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रूपमा सम्मानित भयो । यसका आधार के हुन् ?
पत्रकार महासंघ लुम्बिनी प्रदेशले मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालनालगायत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशीलता प्रदेशमै उत्कृष्ट रहेको भन्दै प्रदेशकै उत्कृष्ट शाखाका रूपमा सम्मान गरेको हो । पत्रकार महासंघ केन्द्रीय समितिले नेपाली पत्रकारिता क्षेत्रका ज्वलन्त र बहुआयामिक विषयमा अन्तक्र्रियात्मक बहसको रूपमा ‘मिडिया महोत्सव’ सम्पन्न गर्नुका साथै महासंघको संस्थागत विकास, पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरूको हित प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको हो । कोरोना महामारीमा पहिलोपटक अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना, पत्रकारहरूको क्षमता विकास, महासंघको संस्थागत विकास, पत्रकार आचारसंहिता पालना, पहिलोपटक मिडिया साक्षरता अभियानको सुरुवात र मिडिया महोत्सव महासंघ दाङलाई उत्कृष्ट शाखा बनाउने मुख्य आधार हुन् । पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमुना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रूपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रियस्तरको मिडिया महोत्सव आयोजना गरी संघीयताका साथै पत्रकारिताका समसामयिक विषयमा बहस गरिएको थियो ।
सदस्यता शुद्धीकरणमा यहाँले आफ्नै नाम हटाउन तयार भएर नमुना काम गर्नुभएको भनेर देशभर चर्चा भयो । किन यस्तो गर्नुभएको ?
म पत्रकार आचारसंहिता र पत्रकारिताको मूल्य मान्यताप्रति प्रतिबद्ध छु । पत्रकार महासंघ केन्द्रीय समितिले मापदण्ड तयार गरी सदस्यता शुद्धीकरण गर्न निर्देशन गरेपछि जिल्ला अध्यक्षका रूपमा मैले त्यसलाई पूर्णरूपमा पालना गर्नुपर्ने थियो । यो मेरो कर्तव्य थियो । त्यसकारण मैले मापदण्डमा उल्लेख भए अनुसार शुद्धीकरण अभियानमा पूर्णरूपमा काम गरेँ । मापदण्डमा अन्य पेशा पनि गर्ने पत्रकारको सदस्यता नवीकरण नगर्ने प्रावधान थियो । जसनुसार क्याम्पसमा प्राध्यापन गर्ने भएका कारण मेरो पनि सदस्यता शुद्धीकरण हुन जरुरी थियो । मैरो नैतिकता सम्झेर आफ्नो नाम पनि नवीकरण नगर्ने सूचीमा राखे । अन्य पत्रकारहरूको पनि मापदण्ड अनुसार शुद्धीकरण गर्ने काम भयो । म अहिले पनि पत्रकारितामा क्रियाशील छु । मेरो पत्रकारितामा प्रश्न उठ्ने अवस्था छैन तैपनि केन्द्रीय समितिले तयार पारेको मापदण्ड अक्षरशः पालना गरी मैले सदस्यता नवीकरण नगर्ने निर्णय लिएको हुँ ।
सदस्यता शुद्धीकरणका विषयमा धेरै नै विवाद भइरहेका छन् । यसबारे यहाँको धारणा के छ ?
सदस्यता शुद्धीकरण मापदण्डमा केही त्रुटि छन् तर पनि यो अभियान पत्रकारिता र पत्रकार महासंघको जीवनमा निकै महत्वपूर्ण छ । पत्रकारितामा सक्रिय नभएका, पत्रकारिता छोडेर अर्कै पेशामा आबद्ध भएका र विवादास्पद् काममा संलग्नहरूको शुद्धीकरण हुन आवश्यक छ । यसले पत्रकारिता क्षेत्रको गरिमा बढाउन सहयोग गर्छ तर अन्य काम गरेको कुरालाई मात्रै आधार मानेर सदस्यबाट हटाइनु हुँदैन । मूल कुरा कुनै व्यक्ति पत्रकारितामा क्रियाशील छ कि छैन, पत्रकार आचारसंहिता, मूल्य मान्यताको पालना गरेको छ कि छैन, कुनै विवादास्पद काममा संलग्न छ कि छैन, राजनीतिक पार्टीको भूमिकामा छ कि छैन, पत्रकारितालाई दुरूपयोग गरेको छ कि छ