(ABC-Sanchar)
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको मातहत बाट खटिएको प्रहरी टाेलिले विशेष सूचनाको आधारमा मिति २०८१।०२।२२ गते अंन्दाजि १६:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ संकाष्पद रुपमा पैदल हिडी जाँदै गरेको भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नं. २० कुम्हरियाटोल बस्ने बर्ष २९ को बबलु राज रौनियारलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट थान ४१५ रु.४,१५,०००।– ( चार लाख पन्ध्र हजार ) , नेपाली रु.५०० दरको नोट थान ३४० रु.१,७०,०००।– ( एक लाख सत्तरी हजार ) , नेपाली रु.५० दरको नोट थान १०० रु. ५०,०००।– ( पचास हजार ) गरी जम्मा रु ५,९०,०००।– ( पाँच लाख नब्बे हजार ) सहित निज बबलु राज रौनियारलाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक भारती ले जानकारी गराउनु भएको छ ।