२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भक्तपुर प्रहरीले स्रोत नखुलेको ६९ लाख नगदसहित ४ जना चिनियाँ नागरिकहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दिउँसो १२ः३० बजेको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका–१०, भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

बा ७० प २८७२ नम्बरको ट्याक्सी रोकी जाँच गर्ने क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार नगदसहित ४ चिनियाँ पक्राउ परेका हुन् ।

उनीहरूई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । ती चारै जना चिनियाँ काठमाडौँमा बस्दै आएको पाइएको छ ।

३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ सियालिन, २४ वर्षीय क्युओ होरान र ३६ वर्षीय देना लियु छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।