२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एबिसी संचारको नाममा विभिन्न जिल्लामा जारी भएका सम्पुर्ण प्रेस कार्डहरु रद्द प्रहरीलाई जानकारी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ २५, २०८१

(ABC-Sanchar)
काठमाडौं । विगत केही महिनादेखि एबिसी सञ्चारकाे मान्छे हुँ भन्दै विभिन्न जिल्लाहरुमा गएर विभिन्न व्यक्ति विशेषहरुसित रकम माग्ने घटनाहरु बारम्बार हुँदै आइरहेका हुनाले एबिसी सञ्चार केन्द्रीय कार्यालय काठमाडौंकाे गम्भीर ध्यानाकर्षण
भएको छ ।

यस्ता अवाञ्छित घटनाहरु हुन नपाउन् भन्ने उद्देश्यले एबिसी सञ्चार मिडिया प्रालिको सञ्चालक समितिको २०८१ साल ज्येष्ठ २५ गते शुक्रबार दिउँसो बसेकाे बैठकले आगामी असार मसान्तसम्म एबिसी सञ्चारका नाममा जारी भएका सम्पूर्ण प्रेस कार्डहरु मान्य नहुने व्यहाेरा एवं प्रहरीलाई समेत जानकारी गराइएको छ ।

अत : अब असार मसान्तपछि जारी गरिने नयाँ कार्डहरु मात्रै प्रचलनमा आउने भएको कुरा पनि यसैसाथ जानकारी गराइन्छ ।

एबिसी सञ्चार मिडिया प्रालि
काठमाडौं

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]