२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

यातायात कार्यालयमा लाइसेन्सको खुलेआम खरिद विक्रि बार्गेनिङ् अख्तियार मौन?

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ २५, २०८१

(ABC-Sanchar)
पर्सा । यातायात व्यवस्था कार्यालय पर्सामा कार्यरत दुई जना कर्मचारीले सवारी चालक अनुमतिपत्रको ठेक्का नै लिएको खुलेको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्सामा सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको सेवाग्राहीले बताएका छन् ।

सहायक शाखा अधिकृत संजय साहलाई घुस नबुझाई जतिपटक परीक्षा र ट्रायल दिएपनि पास नहुने र घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स पाइने गरेको सिमराका रोशन लामाले बताए ।

लिखित र ट्रायलको लागि साहले बिचौलिया मार्फत मोटो रकम लेनदेन गरि आर्थिक आतंक मच्चाउदै आएको सेवा लिन जाने प्रत्यक्षदर्शीहरु बताउँछन् ।

यातायात कार्यालयको सवारी चालक अनुमति पत्र शाखामा कार्यरत शाखा अधिकृत संजय साह र कम्प्युटर अधिकृत शेख रेजाउल हकले सवारीको वर्गिकरण अनुसार चालक अनुमतिपत्र वितरणको ठेक्का लिएको त्याहाँस्थित विचौलिया बताउँछन् ।

विचौलियाकाअनुसार कुन वर्गको कति रुपैयाँ लिएर पास फेल गराउने भन्ने ठेक्का दुबैले लिएको र उनीहरुको नाममा विचौलियाहरूले नै रकम असुल्ने गरेको सेवाग्राहीले नाम नबताउने शर्तमा यात्राडेलीलाई बताए ।

साहले आफू नेपाल निजामती कर्मचारी युनियनको नेता रहेको भन्दै नेता, तथा ट्राफिक प्रहरी र अख्तियारसमेतलाई सेटिङमा मिलाई भागभण्डा दिने गरेकोले उनी खुलेयाम रुपमा वार्गेनिङ गरेर लाइसेन्स वितरण गर्दै आएको विचौलीयाले बताए ।

लिखित र ट्रायलको सूचिमा नाम राख्ने र हटाउने गरेको पाएपछि केही समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले चासो दिएर त्यस्तो नगर्न पत्राचार नै गरेको थियो । तर उनको सेटिङ् माथिसम्मै भएकोले त्यो पत्रलाई शेखले धोती लगाएका छन् । दुबै जना कर्मचारीका कारण अहिले यातायात कार्यालयलाई दलालको कार्यालयको रुपमा समेत सेवाग्राहीले हेर्न थालेका छन् ।

यातायात कार्यालयको लाइसेन्स फाँटमा पैसा दिनेलाई लिखित र ट्रायलमा पास र नदिनेलाई फेल गराउने जिम्मा संजय र शेखकै हातमा रहेको विचौलीया बताउँछन् । यस विषयमा सम्पर्क गर्न खोज्दा संजय र शेखसँग सम्पर्क हुन सकेन । कार्यालयका प्रमुख उमेश रेग्मीले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!