२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजमा एक जनाको वेवारिसे लास फेला पर्‍यो

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २८, २०८१

(रोशन निधि)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ मिति २०८१-०२-२७ गते दिउँसो १७:३० बजेको समयमा शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको हाल सम्म नामथर वतन नखुलेको अंन्दाजि वर्ष २५/३० को पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने समेतको सूचना प्राप्त भई तत्कालै यस कार्यालयबाट soco समेतको प्रहरी टोली खटिगई घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतक लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान कार्य भैरहेको ।
साथै मृतकको निम्न लिखितको विवरणको कपडा र हुलिया रहेको हुँदा उल्लेखित हुलियासंग मिल्ने कोही पुरुष हराइरहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोग पुर्‍याइ दिन हुन समेत अनुरोध जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता एवम् सुचना अधिकारी दिपक भारती जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।