२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१० लाख मोटरसाइकलको पाटपुर्जा राखिएको गोदाममा प्रहरीको छापा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २९, २०८१

ABC (क्राईमबिट)
पर्सा । प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वको सिबिर ड्रेसको प्रहरी टोलीले पानीटंकीस्थित मुकेश रौनियारको घरमा भाडा लिएर भारतिय नागरिक अजय गुप्ताले संचालन गरेको गोदाममा छापामारी गरेको हो ।

विशेष सुचनाको आधारमा सोमबार दिउसो पुगेको शेर्पा नेतृत्वको प्रहरी टोलीले उक्त गोदामबाट १० लाख रुपैया बराबरको भन्सार छलिको मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु बरामद भएको प्रहरीले जनाएको छ ।

पानीटंकीस्थित नै रहेको एक मोटरसाइकल पाटपुर्जा बिक्री गर्ने पसलको गोदाम रहेको छ । तर उक्त पसलको नाम खुल्न नसकेको प्रहरीको भनाई छ । गोदामका संचाल र पसलको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शेर्पाले वताए ।

प्रहरी गोदाममा पुगेपछि गोदाम संचालक सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार आफुहरु गोदाममा पुग्दा मोटरसाइकको पाटपुर्जा राखिएको कोठा खुल्ला थियो । तर मान्छे कोही थिएन । खोजतलाश गर्दा पनि कोही सम्पर्कमा आएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]