२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एक करोड भन्दा धेरै औषधी हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ३०, २०८१

(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिका को विभिन्न स्थान हरु बाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत बाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू अन्दाजि मूल्य रु.१,४६,०१,८४९।– ( एक करोड छयालीस लाख एक हजार आठ सय उनान्पचास ) बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू पक्राउ गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०२।२८ गते निम्न कार्यालयहरूमा बुझाइएको छ।

मिति २०८१।०२।२८ गते अंन्दाजि २४:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट बा प्र.०३-००१ ख २३११ र ग. १ क ५१११ नम्बरको ट्रकहरूमा अन्दाजि मुल्य रू.१,१६,६३,८१८।– ( एक करोड सोह्र लाख त्रिसठ्ठी हजार आठ सय अठार ) बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

तेसैगरि मिति २०८१।०२।२८ गते अंन्दाजि ०२:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित ना.४ ख ८३८५ नम्बरको ट्रकमा अंन्दाजि मुल्य रू.२९,३८,०३१।- ( उनान्तीस लाख अड्तीस हजार एकतीस ) बराबरको हार्डवेय तथा खुद्रा सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारती ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]