(ABC-Sanchar)
दाङ । तुलसीपुर क्षेत्रका विद्यालयमा हिजो आज विद्यार्थीलाई कक्षामा असहज हुन थालेको हो । आज मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमर मा वि उरहरी, दाङमा १० जना जति बेहोस भएका छन । पटक पटक गरि विद्यार्थी बेहोस भएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जनाकारी दिए । कक्षा६ ८ र ९ का विद्यार्थीमा यो समस्या देखिएको उनले बताए । यस्तै,जनता संस्कृत मा वि बिजौरीका विद्यार्थीमा पनि यो समस्या देखिएको विद्यालयले जनाएको छ ।