२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

कोशि प्रदेश सरकारको विरुद्धमा केदार कार्कीको रिट पुर्ण इजलासमा सुनवाई

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ३१, २०८१

(रोशन निधि)
कोशी । प्रदेशको सरकार गठनको विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । बिहीबार न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

वैशाख २७ गते कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेपछि पूर्व मुख्यमन्त्री केदार कार्कीले उक्त सरकार गठन प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका केदार कार्कीले अल्पमतमा परेको ३० दिनसम्म विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले २६ वैशाखमा स्वत पदमुक्त भएको निष्कर्ष निकालेर संविधानको धारा १६८ (५) अनुसार नै अर्को सरकार गठनको लागि आह्वान गरेका थिए ।

वैशाख २७ गतेमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्किले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेशसभाले पास गरेको संकल्प प्रस्तावको निर्देशन बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको लागि माग समेत राखेका छन् ।

केदार कार्किले दायर गरेको रिटमा २८ वैशाखमा सर्वोच्च अदालतले विपक्षीसँग जवाफ माग गरेको थियो । जेष्ठ ९ गतेअदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो । १६ जेठमा पेसी चढेपनि रिट हेर्न नभ्याइनेमा परेको थियो । २३ जेठमा पूर्ण इजलासमा पठाउने आदेश भएको थियो । २७ जेठमा पूर्ण इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!