(रोशन निधि)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा मिति २०८१-०२-३१गते अन्दाजी १०:००बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा BR05AY1346 नम्बरको TATA Tiago चार पाङग्रे गाडीलाई रोकी कानूनी रीतपुर्याई चेक जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको हुँदा उक्त लागु औषध र उल्लेखित नम्बरको गाडी सहित भारतको बिहार राज्यको मोतिहारि जिल्ला पोस्ट आदापुर ग्राम लालछापरा बस्ने बर्ष ३०को मोहमद नेजामुदिन सिद्दकीलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारती ले जानकारी गराउनु भएको छ ।