२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जबाट काठमाडौं जादै गरेको बस चितवनमा दुर्घटना १२ जना घाइते

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

(ABC-Sanchar)
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा शुक्रबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस सडकबाट तल त्रिशूली नदी नजिकै पुगेको छ ।

त्यसैगरी बससँग ठोक्किएर कठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-०२९ च ३७२० नम्बरको कारका चालकसहित तीन जना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रीराम भण्डारीका अनुसार बिहान सात बजेर २५ मिनेट जाँदा उक्त घटना भएको थियो ।

बस सडकबाट अन्दाजी ४०/५० फिट त्रिशूली किनारमा पुगेको छ । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेको डीएसपी भण्डारीले बताए । तीमध्ये घाइते १२ जनालाई उद्धार गरी उपचारका लागि भरतपुर ल्याएको डीएसपी भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]