२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बागमती नदीमा छोडियो एक लाख माछाका भुरा

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०१, २०८१

(ABC-Sanchar)
हेटौँडा । बागमती नदीमा एक लाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एक लाख २५ हजार माछाका भुरा छाडिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रबर्द्न एवम् संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका माछाका भुरा छोडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रबर्द्धन एवम् संरक्षण केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछाका भुरा छोडिएको केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत सरोज कुमार यादवले जानकारी दिनुभयो ।

बागमती नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाई समेत ध्यान दिएर माछा नदीमा छोडेको यादवले बताउनुभयो । यहाँ माझी समुदायको बाहुल्यता रहेको र माछा मारेरै उनीहरुले जिविका धान्ने गरेपनि अहिले नदीमा माछा नपाइदा उनीहरुको परम्परागत पेशा नै सङ्कटमा परेको उहाँले बताउनु्भयो । नदीमा माछा लोपभएसँगै अहिले गोही, चराहरु र जलसँग आश्रित जिवजन्तु सङ्कटमा पर्दै गएका छन् । माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले माछाको सङ्ख्या वृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ । प्रति माछाका भुरा ७५ पैसामा खरिद गरी नदीमा छाडिएको थियो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले यहाँ माझी लगायत जलसँग आश्रित समुदायको पेश सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले अघिल्लो पुस्ताहरुले माछा मारेरै जिविका चलाएपनि अहिले नदीमा फोहर, ढल, केमिकल मिसाइदा र नियमविपरित नदी उत्खनन् गर्दा जलिय प्राणी हराउँदै गएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले माछा मार्नका लागि खोलामा विषादी हाल्ने, करेन्ट लगाउनेलगायतका कार्य तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो ।

बागमती नदीमा वागी, वुदुना, वाम, सहरी, गर्दी, लहरी, कत्ले लगायतका माछा पाउने गरेको स्मरण गर्दै बागमती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दन्त लाल माझीले अहिले नदीमा माछा हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले माझी समुदायको पेशा नै सङ्कटमा परेको बताउनुभयो । ‘‘हाम्रो बाजे बाबुले नदीमा गएर माछा मारेर ल्याउनुहुन्थ्यो, सानोमा म आफैं पनि माछा मारेर घरको छाक टार्थें, अहिले खोलामा माछा नै पाउन छाड्यो नदीसंग जोडिएको हाम्रो पेशा लोप हुँदै गयो,’’ वडा अध्यक्ष माझीले स्मरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!