२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

खाना खाएपछी निद्रा किन लाग्छ ? दिउँसो निद्रा लाग्नुको कारणहरु ?

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०२, २०८१

(ABC-Sanchar)
काठमाडौं । दिउँसो वा बिहानको खाना खाएको केहीबेर पछि धेरैजसो मानिसलाई निद्रा लाग्न थाल्छ । आखिर दिउँसो यति धेरै निद्राले किन सताउँछ ? आउनुहोस् जानौं दिउँसो निद्रा लाग्नुको कारण ।

बिहानको खाना खाएपछि रगतमा ग्लुकोज बढ्छ र जब यो आफ्नो सामान्य अवस्थामा आउँछ त्यतिबेला दिमाग र मांसपेशीको ऊर्जा थोरै कम हुन्छ । जसले गर्दा दिउँसोमा निद्रा आउन थाल्छ ।

तपाईंले खानामा चामल, पास्ता, ब्रेड वा अन्य उच्च ग्लूकोज भएको खाना खानुभएको छ भने रगतमा सुगर तीव्र गतिमा बढ्छ । यसले ऊर्जा कम हुन्छ र निद्रा आउन थाल्छ ।

धेरै भोजन गर्दा त्यसलाई पचाउन धेरै ऊर्जाको आवश्यकता पर्छ र पाचनतन्त्रलाई भोजन पचाउन अत्यधिक रगतको आवश्यकता पर्दछ । यसले दिमागसम्म रगत ढिला पुग्छ र निद्रा आउन थाल्छ ।

खाना खाएपछि कहिलेकाँही सेरोटोनिन तीव्र गतिमा बन्छ, जसले व्यक्तिमा सुस्तपन बढ्छ र सुत्न मन लाग्छ । यही कारणले पनि दिउँसोमा निद्रा लाग्छ ।

बिहान धेरै खाना खानुभएको छ भने यसलाई पेटले पचाउन एकदमै मेहनत गर्नुपर्ने हुन्छ । यसले शरीर सुस्त हुन्छ जसले गर्दा निद्रा लाग्छ । तपाईंले पानी खासै पिउनुहुन्न भने शरीर डिहाइड्रेट हुन्छ । यसले दिउँसोमा कमजोरी तथा थकान महसुस हुन्छ जसले गर्दा निद्रा लाग्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!