०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

पर्सा प्रहरीले लागुऔषधसहित १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०२, २०८१

(रोशन निधि)
पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाईगोठमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा मीति २०८१-०३-०१गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ पोकामा २२ के.जी.४९० ग्राम फेला परेकोले निज अमित कुमार चौधरीलाई उल्लेखित परिमाणको गाँजा सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकार दिपक भारतीले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!