२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तराईको जिल्लामा गर्मी खडेरी पाँचथरमा पहिरोको जोखिम राजमार्ग अवरुद्ध

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०२, २०८१

(ABC-Sanchar)
काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पाँचथर पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो ।

वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ भवन र फाक्लुङका स्थानीयलाई सिरान गाउँका स्थानीयको घरमा सारिएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षात्‌का कारण ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजा लगायतका स्थान जोखिममा परेका छन् । ‘ठाउँ ठाउँमा पहिरो गएको छ, दर्जनौं स्थानमा बाटोघाटो र खानेपानी पाइपलाइनमा क्षति पुगेको छ,’ राईले भने ।

यसैबीच मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम फलैंचा खण्डमा पर्ने रिजाल भीरमा आइतबार बिहान पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । रिजाल भीरमा ठूलो पहिरो गएकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!