२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले ७ ओभरमा ५ विकेट गुमायो

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०३, २०८१

(ABC-Sanchar)
काठमाडौं । सेन्ट भिन्सेन्टमा बंगलादेश विरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले सातौं ओभरको अन्तिम बलमा पाचौं विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो।

सन्दीपलाई तान्जिम होसेन शाकिबले रिसद होसेनबाट क्याच आउट गराएका हुन्।

आउट हुनुअघि जोराले ८ बल खेलेर एक रनमात्रै बनाए।

यसअघि कप्तान रोहित पौडेल १ रनमा, ओपनर आशिफ शेख १७ रनमा, अनील साह शून्यमा र ओपनर कुशल भूर्तेल ४ रन बनाएर आउट भएका थिए।

नवौं ओभरको खेल जारी रहँदा नेपालले ५ विकेट गुमाएर ३८ रन बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]