(ABC-Sanchar)
दाङ । असार ४ गतेदेखि जिल्ला ट्राफिक चोकको पिपलबोटदेखि अस्पताल रोडको पाण्डेय मेडिकलसम्मको सडक छेउमा हुँदै आएको पार्किङलाई प्रतिष्ठानको दक्षिणी गेटको अगाडिको भागमा सःशुल्क पार्किङको व्यवस्था गरिएको छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, प्रहरी प्रमुख एसपी रामबहादुर केसी, प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एंव प्रतिष्ठानका सल्लाहकार तथा समाजसेवि नारायण भुसाल, उपमहानगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्तीसमेतको उपस्थितिमा बसेको बैठकले असार ४ गते मंगलबारदेखि लागु हुने गरी सडकमा राख्दै आएका सवारी साधनलाई अनिवार्यरुपमा पार्किङ स्थलमा शुल्क लिएर पार्किङ गर्ने निर्णय भएको हो । प्रतिष्ठानका कर्मचारीहरुको हकमा प्रतिष्ठानले कर्मचारी निवास क्षेत्रमा पार्किङको व्यवस्था मिलाउने निर्णय गरेको छ ।