२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अबकाश भएका प्रहरीहरुको चुनोैतीपुर्ण पक्ष सामाजिकीकरण हो । एसपी : रेग्मी

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(ABC-Sanchar)
काठमाडौं । कतिपय कर्मचारी लामो साङ्गगठनिक कार्यजीबनपश्यात् सार्वजनिक काम तथा कार्यक्रममा संलग्न नभई घरमै बस्ने , कदमकदाचित सामाजिक कामहरूमा सलग्न भएपनि कुराकानी गर्नै क्रममा सामन्ती सोचको अबशेष देखिनु, सामाजिक भुमिकामा रहेकाहरुलाई त भनेर सम्बोधन गर्दै तुच्छ ब्यबहार गर्ने , बिगतको साङ्गठनिक कार्यको स्मरण गर्दै आफ्नो दुई चार जनालाई पाए गफ दिने,होइन भने टोलाउने , एकोहोरो सोच्ने, गम्भीर नहुने , हैन मैयाँ भन्दै आफ्नो श्रीमतीलाई समेत बोलेर हैरान पार्नै , सेबाग्राहि आउन वा नआउन तर सिहदरबार वरपर नाङ्गले पसल खोलेर बडो ब्यस्त भएको नाटक देखाउने जो सेबामा रहदा राष्ट्रको राजस्व भर्नुभन्दा खल्तीको राजस्व भर्नको लागि तल्लीन हुन्थ्यो।एक्लै बोल्ने अरु कसैलाई बोल्न नदिने,धुम्रपान र मदिरा पान अत्यधिक गर्दै २१ प्रत्तिलाई आफ्नो प्रिय साथि बनाउने तथा विभिन्न रोग निम्त्याएर आफ्नो आयु आफै घटाएर बस्ने गरेको पनि पाईन्छ ।यो
सबैभन्दा जटिल समस्या हो।त्यसैले आज काम मिति देखि नै आफुले आफुलाई नै रुपान्तरण गर्नुहोश, परिवारको क्षमता हेेरर बिस्तार बिस्तार केही कुराहरू पुस्तान्तरण गर्दै आफ्नो जिम्मेवारीमा रहेका कुराहरुलाइ हस्तान्तरण गर्दै गएमा अबकाश पछिको जीवन केही हदसम्म भएपनि सहज हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।