(रवि बर्णवाल)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा तिन जना भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेकोव्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजहरु मध्येका अनुप थापा क्षेत्रीले बोकेको रातो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध डाईजेपाम-४० एम्पुल, फेनारगन-४० एम्पुल, नुरफिन-४० एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थपअनुसन्धान कार्य भैरहेको ।पक्राउ विवरण १) अभियुक्त:- अनुप थापा क्षेत्री उमेर:- २० वर्ष ठेगाना:- जि.कास्की पोखरा म.न.पा वडा न. ३ पक्राउ मितिः- २०८१।०३।०४ गते ।२) अभियुक्त:-सरोज राना मगर उमेर:- २० वर्ष ठेगाना:- जि.कास्की पोखरा म.न.पा वडा न. ३ पक्राउ मितिः- २०८१।०३।०४ गते ।
३) अभियुक्त:- कुशल मगर उमेर:- २० वर्ष ठेगाना:- जि.बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ पक्राउ मितिः- २०८१।०३।०४ गते ।बरामद लागु औषधः- डाईजेपाम-४०एम्पुल,फेनारगन-४०एम्पुल, नुरफिन-४० एम्पुल