ABC (क्राईमबिट)
बाँके । भारत नेपाल सीमानाका रुपैडिहामा चोरीको स्कुटर र मोटरसाइकल सहित नेपालगन्ज बस्ने एक युवक पक्राउ परेका छन् ।
आफूले चलाईरहेको स्कुटर र लुकाईराखेको मोटरसाइकलको साथमा भारतीय प्रहरीले बाँकेको नेपालगन्ज फुल्टेक्रा बस्ने २८ वर्षिय अजीज अहमद शेखलाई पक्राउ गरेको हो ।
स्कुटर : नेपाली नम्बर भे 6 प 2761
मोटरसाइकल : बजाज डिस्कवर रातो रंग 135 cc चेसिस नं MD2DSTJN22RCB1521 रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज रबिन्द्र बम ठकुरीले जानकारी दिनुभएको छ ।