२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

७० करोड २० लाख रुपैयाँको बजेट गरुडा नगरपालिकाले लयाउन सफल भयो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

(रोशन निधि)
रौतहट । गरुडा नगरपालिकाको ११औं नगरसभा तथा आठौं बजेट अधिवेशन यहि बिहीबार सम्पन्न भएको छ । यस वर्ष जिल्लामा सबैभन्दा पहिला कटहरिया नगरपालिकाले बुधबार आफनो १०औं नगर अधिवेशन सम्पन्न गरेको थियो भने दोस्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले बिहीबार आफ्नो ११औं नगर सभा तथा आठौं बजेट अधिवेशन सम्पन्न गरेको छ ।

सबै पालिकाले असार मसान्तभित्रमा नगरपरिषद् सम्पन्न गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार गरुडा नगरपालिकाले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको छ ।

गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । गरुडास्थित कल्वार धर्मशालामा मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यता र गरुडा नगरपालिकाकाे प्रमुख कन्थमणि प्रसाद जयसवालको अध्यक्षतामा भएको नगर सभामा आर्थिक वर्ष २०८१/०८२ काे लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख पुनम देवी चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिन ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, सशर्त अनुदान, राजस्व बाँटफाँट, समपूरक अनुदान, आन्तरिक आयलगायत गरी बजेट प्रस्तुत गरिएको नगर प्रमुख जयसवालले बताएका थिए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माण लगायतका कार्यलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताएका थिए ।
तेसैगरि समावेशीकरण/गरिबी निवारण तथा कला, संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा शहरी विकास, सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनलगायतका कार्यक्रमहरुमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने समेत मेयर जयसवालले उल्लेख गरेका थिए ।

उनले सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताए । केही योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाइ रहेको थियो । गरुडा नगरपालिकाले अन्य पालिकाको तुलनामा धेरै काम गरेको भन्दै उनले यसमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।

संघ र प्रदेश सरकार को सहकार्यमा नगरमा केही ठूला आयोजना अघि बढेको र अरु योजनाहरु अगाडि बढ्ने क्रममा रहेको जयसवालको भनाइ थियो । दुई वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मारेको बताउँदै उनले नगरमा सञ्चालनमा रहेकाे र अब सञ्चालन हुने विकास निर्माणका कामबारे जानकारी गराएका थिए ।

१७ करोडको लागतमा नगरपालिका कार्यालयको आफ्नै प्रशासकीय भवन निर्माण कार्य शुरु भइसकेको बताउँदै नगर प्रमुख जयसवालले गाउँ-गाउँमा सडक, नाला निर्माणजस्ता भौतिक पूर्वाधार निर्माणका कामहरु द्रुत गतिमा अगाडि बढाइएको उल्लेख गरेका थिए ।

भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्यजस्ता विषयमा नगरले उल्लेखनीय काम गरेको उनले बताए । सबैको साथ, सहयोग रहेमा आफ्नो कार्यकालभित्र गरुडा नगरलाई एक विकसित र समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख पुनम देवी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब, वडा नं.२ का वडाअध्यक्ष कृष्णनन्दन सहनी, वडा नं. ३ का वडा अध्यक्ष अम्बिका सहनी, वडा नं. ४ का वडा अध्यक्ष सुनिल कुमार जयसवाल, वडा नं. ५ का वडाअध्यक्ष रामबाबु चौधरीसहित सम्पूर्ण कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकुमार दाससहित विभिन्न पार्टीका नेता, बुद्धिजीवी समाजसेवी सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!