२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हुण्डी कारोबारमा पक्राउ १ जना पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाट फरार

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

ABC (क्राईमबिट)
जनकपुर । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय गौर भन्सार कार्यालयबाट पिसाब फेर्ने बहाना गरेर फरार भएका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो।

रायलाई आवश्यक कानुनी कारबाहीका लागि बिहिबार गौरस्थित भन्सार कार्यालय लगिएको थियो। सशस्त्र प्रहरीको स्रोतका अनुसार, रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गएका बेला भाग्न सफल भएका हुन्। सशस्त्र प्रहरी बलले उनलाई नियन्त्रणमा राख्न आवश्यक कदम चालिरहेको बताएको छ।

सशस्त्र प्रहरी स्रोतले भन्यो, “रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे।”

यस घटनाले सशस्त्र प्रहरीको सतर्कता र सुरक्षा व्यवस्थामा कमजोरी देखाएको छ। हाल फरार गजेन्द्र रायको खोजीकार्य तीव्र बनाइएको छ र छिट्टै पक्राउनका लागि सशस्त्र प्रहरी बलले हरसम्भव प्रयास गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]