२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

५८ कार्टुन करिब २ करोड ७० लाख रुपैयाँ भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

(ABC-Sanchar)
हेटौँडा । उपमहानगरपालिका वडा नम्बर–११ थानाभ‍र्याङस्थित सडक खण्डबाट यात्रुबाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाको आधारमा बिहीबार अपराह्न ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोली अवैध भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी थाना भ‍र्याङमा काठमाडौँबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट अवैध भेप बरामद गरिएको हो ।

प्रहरी उपरीक्षक रिजालका अनुसार ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा सो बसको प्यासेन्जर बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाई भन्सार छली गरी ल्याइएको भेप फेला परेको हो ।

प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३७ को सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका वडा नम्बर– ११ बस्ने वर्ष २७ को प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ बस्ने वर्ष ३० को इन्द्रबहादुर दर्जी, सोही स्थान बस्ने वर्ष ३० को सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका–१६ बस्ने बर्ष २० को राजकुमार हिमाङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूले यसअघि पनि विभिन्न समयमा उक्त रुट र बसको प्रयोग गरी भन्सार छली गरेर अवैध सामानहरू चीनबाट भारत पुर्‍याउने गरेको प्रहरी उपरीक्षक रिजालले बताए । उनका अनुसार भारतीय महावाणिज्य दूतावासबाट रुट पर्मिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुहरू ओसार प्रसार गर्ने र बसमा फल्स बटम बनाई भेप लाने तथा भारतबाट महँगा मदिराहरू ल्याएर विभिन्न सहरहरूमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपालस्थित भारतीय दूतावासबाट असार ५ मा रोड पर्मिट लिएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी उपरीक्षक रिजालले बताए । पक्राउ परेका व्यक्ति र अवैध भेप थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक रिजालको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!