३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

बाँके प्रहरीले गत जेठ महिनामा एक करोड ३१ लाख बराबरको सामानहरु बरामद

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो ।

प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए ।

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!