२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँके प्रहरीले गत जेठ महिनामा एक करोड ३१ लाख बराबरको सामानहरु बरामद

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो ।

प्रहरीले रु दुई लाख ५८ हजार बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट रु १४ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए ।

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!