२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाकेको खाना जति राख्यो त्यति विष ४८ मिनेट भित्र खाइ सक्नु पर्छ

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

(ABC-Sanchar)
काठमाडौं । प्रतिष्ठित आयुर्वेदज्ञ राजीव दीक्षितको सल्लाहअनुसार आगोमा पाकेर तयार भएको खाना ४८ मिनेटभित्र खाइसक्नुपर्छ । अन्यथा, त्यसमा विद्यमान पौष्टिक तत्वहरु नष्ट हुँदै जान्छन् र १२ घण्टापछाडि त त्यो खाना पशुपक्षीका लागि समेत हानिकारक हुने गरी विषाक्त हुन जान्छ ।
फलफूलको हकमा भने यो नियम अझ कडासँग लागु हुन्छ । काटेर, ताछेर या टुक्रा पारेर राखेको फलफूल बढीमा २४ मिनेटभित्र खाइसक्नुपर्छ । काटेको फलफूल २४ मिनेटभन्दा बढी समय राखेमा अक्सिकृत भई त्यसमा अम्लीय तत्व बढ्न जान्छ । त्यसरी धेरैबेर राखेको फलफूल क्रमशः रङ बिग्रने, गल्ने र स्वाद अमिलिने हुँदै जान्छ । त्यस्तो फलफूल खानाले पेटमा क्षारीय मात्रा बढ्नुपर्ने ठाउँमा अम्लीय मात्रा बढ्दछ, फलस्वरुप फाइदाको साटो हानी हुने खतरा बढेर जान्छ । आयुर्वेदिक मान्यताअनुसार त्यस्ता फलफूल पेटमा पुगेपछि पेटको अग्नि अर्थात् जठराग्निलाई शिथिल बनाइदिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]