२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

खाद्य प्रविधि तथा गुण नियन्त्रणले होटल पौवाको शाखालाई अति उत्तम प्रमाणित

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०९, २०८१

(ABC-Sanchar)
दाङ । नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।

बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल पौवाले जनाएको छ ।

पौवाका अध्यक्ष प्रमख विष्णु भण्डारीले चार वटै शाखामा चेकजाँचपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्तो प्रमाणपत्र दिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल ततथा रेस्टुरेन्टहरुका खाना गुणस्तरीय, स्वस्थवर्द्धक भए नभएको, तेलको प्रयोग के कस्तो, लेबल कस्तो, किचन सरसफाइमा ध्यान दिएको वा नदिएकोलगायतका विषयमा चेकजाँच गरेर प्रमाणपत्र दिने गर्दै आएको छ ।
भण्डारीले हरेक शाखामा नेपाली खानाका परिकारलाई प्राथमिकताका साथ गुणस्तरमा ध्यान दिँदै बनाइरहेको र नेपाली संस्कृति संरक्षणमा समेत विशेष ध्यान दिएर ती पर्वअनुसारका खानाका परिकार बनाइरहेको जानकारी दिए ।
‘हामीले यसै पनि सबै शाखाको गुणस्तर, सरसफाइलगायतका विषयमा प्रमुख ध्यान दिएका हुन्छौं नै । त्यसमाथि सरकारी नियामक निकायबाटै अति उत्तम प्रमाणित हुनु सकारात्मक हो’, उनले भने, ‘आगामी दिनमा यस विषयमा यसअघिका प्रतिबद्धतालाई ध्यान दिँदै अगाडि बढ्नेछौं ।’

२०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १३ वटा शाखा सञ्चालनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!