ABC (क्राईमबिट)
कपिलवस्तु । वर्ष २०६६ माघ २ गते कपिलवस्तुको तौलिहवामा रहेको कारागारबाट २१ फीट लामो सुरुङ खनेर ८ जना कैदीहरु फरार भएका थिए । फरार मध्ये ७ जना यसअघि नै पक्राउ परिसकेका थिए। जसमध्ये भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई कपिलवस्तु शिवराज नगरपालिका वडा नं ७ बाट नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।