(सागर थापा)
काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयमा कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Safety Pin Campaign सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा हुने विभिन्न आपराधिक क्रियाकलाप साथै यौनजन्य हिंसा न्यूनिकरणको गर्न काठमाण्डौ उपत्यकाका विभिन्न रुटहरुमा चल्ने सवारी साधनमा प्रहरी कर्मचारीलाई सादा पोशाकमा खटाई Safety Pin Campaign लागु गरिएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले काठमाण्डौ उपत्यका भित्र सवारी साधन तथा सार्वजनिक स्थानमा पकेटमारी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक उपर हुने हिंसाका घटना न्यूनिकरण गर्न Safety Pin Campaign अभियानमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु हुँदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमा प्रहरी वरिष्ठ उपरीक्षककिसन सिंह थापा, प्रहरी उपरीक्षक संजय वहादुर राउत लगायत अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।