२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जंगली च्याउ खाँदा १ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १०, २०८१

(ABC-Sanchar)
मकवानपुर । राक्सिराङ गाउँपालिका ७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो ।

बलबहादुरले जंगलबाट ल्याएको च्याउ पकाएर खाएकाहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा बलबहादुरको ४५ वर्षीया श्रीमती जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र ८ वर्षीया छोरी सविना तथा १० वर्षका छोरा सुशील बिरामी परेका छन् उनीहरुको चितवनमै उपचार भैरहेको छ ।

बिरामी चारैजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए । घटनापश्चात प्रहरी चौकी कान्द्राङ राक्सिराङको टोली घटनास्थलमा पुगेको थियो ।

यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।