२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सोमबार दाङ लगायत ११ जिल्लाका नदीहरुमा बाढीको जोखिम हुने

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १०, २०८१

(ABC-Sanchar)
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका केही साना नदीमा आज आकस्मिक बाढी आउने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार विशेष गरी ११ जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

जसमा पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र रसुवा भई बहने साना नदीमा पानीको बहाव बढ्ने र जोखिम बढ्ने महाशाखाले जनाएको छ ।

झापा, ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी, सर्लाही, रौतहट, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, धादिङ, तनहुँ, कास्की, लमजुङ, पाल्पा, डोटी, अछाम, बाँके, बर्दिया, जाजरकोट, बझाङ, बाजुरा र दैलेख भई बहने साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन देशका केही ठूला नदीहरूमा समेत बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ । नदीतटीय क्षेत्रका वासिन्दाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!