ABC (क्राईमबिट)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं.१ धम्बोजी शिवमन्दिर नजिक यस वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालमा भन्सार छलि चोरी पैठारी गरी अबैध रूपमा ल्याईएका सामानहरु जम्मा अन्दाजी मूल्य रु.१,६१,८००।-(एक लाख एकसठ्ठी हजार आठ सय) बराबरको फेला पारी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।