२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

४ प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा जारी मौसम पूर्वानुमान महाशाखा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

ABC-Sanchar)
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!