२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज नाकामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामानहरु नेपाल आयात

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

(ABC-Sanchar)
पर्सा । वीरगञ्ज चालू आर्थिक वर्ष २०८०/८१ को ११ महीनामा वीरगञ्ज नाकामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ भने निर्यात मात्र २९ अर्ब रुपैयाँमा खुम्चिएको छ। वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि जेठ मसान्तसम्म ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ। त्यही अवधिमा निर्यात भने २९ अर्ब १६ करोड रुपैयाँ बराबर छ।

गत आव २०७९/८० को तुलनामा यस वर्ष कुल वैदेशिक व्यापारमा १४ दशमलव २७ प्रतिशतले कमी आएको भन्सारको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो भने यस वर्ष यो रकम ५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित भएको छ। तथ्यांकअनुसार आयात र निर्यात क्रमशः १४ दशमलव १५ र १६ दशमलव ५५ प्रतिशतले घटेको छ।

वैदेशिक व्यापार खुम्चिएपछि भन्सारले उठाउने राजस्वमा पनि कमी आएको छ। अघिल्लो आवको ११ महीनामा भन्सारले १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाएकोमा चालू आवमा यो रकम १ अर्ब रुपैयाँले घटेर १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। यो आँकडा भन्सारलाई तोकिएको राजस्व लक्ष्यको ६३ दशमलव १७ प्रतिशत मात्र हो।

यस अवस्थाले भन्सार राजस्व संकलनमा चुनौती थपिएको देखिन्छ भने आर्थिक क्रियाकलापलाई पुनर्जीवित गर्नका लागि थप प्रयास आवश्यक देखिन्छ।

वीरगञ्ज भन्सारको आर्थिक विवरण: आयात (साउन-जेठ): ५ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ, निर्यात (साउन-जेठ): २९ अर्ब १६ करोड रुपैयाँ, कुल व्यापार: ५ खर्ब ८२ अर्ब रुपैयाँ (१४.२७% कमी), राजस्व संकलन (साउन-जेठ): १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँ (अघिल्लो वर्षको तुलनामा १ अर्ब रुपैयाँ कमी) (स्रोत: वीरगञ्ज एकीकृत जाँच चौकी भन्सार कार्यालय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]