२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले प्राचिन बुद्धको मूर्तिसहित ३ जना शम्सेरगंजबाट पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १२, २०८१

ABC (क्राईमबिट)
बाँके । राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंजस्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका रुपन्देही तिलोतमा – ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष ५० को रामु न्यौपाने र दाङ घोराही – १५ बस्ने बर्ष ५८ को निम बहादुर कुँवरलाई सोधपुछ गरी निजहरुको खानतलासी गर्दा झोलामा ॐ नम: शिवाय: लेखिएको रुमालमा बेरी लुकाई राखिएको पिँधको गोलाई १ फिट ६ ईन्च, पिँधदेखि शिरको टुप्पोसम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेंलो रङको धातुको जस्तो बुद्धको मुर्तिको साथमा पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]