२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस कार्यक्रम सम्पन्न

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । ललितपुर ल.पु.म.न.पा. वडा नं.०२ सानेपा स्थित हेरिटेज गार्डेनमा सामुदायिक सेवा केन्द्र सानेपा,सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा, प्रहरी प्रभाग सानेपा तथा ललितपुर महानगरपालिका ०२ नं.वडा कार्यालय सानेपाको सहकार्यमा प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौंका प्रमुख श्री दिपक थापा ज्यु, बिशिष्ठ अतिथि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री शेखर खनाल ज्यु, कार्यक्रमका सभापति सामुदायिक सेवा केन्द्र सानेपाका अध्यक्ष श्री दान बहादुर थापा मगर ज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक श्री नरेश राज सुबेदी ज्यु, ललितपुर महानगरपालिका ०२ नं. वडा का वडा अध्यक्ष राजेश कुमार महर्जन ज्यू, अतिथि शिक्षाविद तथा प्याप्सनका विरिष्ठ सल्लाहकार श्री राजेश खड्का ज्यू, उद्योग एवं समाजसेव श्री रबिभक्त श्रेष्ठ ज्यू, ललितपुर महानगरपालिका ०२ नं. वडाका वडा सदस्यज्यूहरू, हेरिटेज गार्डेनका प्रमुख निर्मल कुमार रन्जित ज्यू, यूरेशिया रेयूकाईका प्रमुख श्री दिपक गजुरेल ज्यू, काठमाण्डौं उपत्यका प्रहरी कार्यालय सामुदायिक शाखा प्रमुख प्र.ना.उ. श्री रबिराज थपलिया, नेपाल प्रहरी संगित विद्यालयका प्र.ना.उ. श्री भुलाराज खनाल तथा प्रहरी प्रभाग सानेपाका कार्यालय प्रमुख प्र.नि श्री किशोर ढुङ्गाना, बिभिन्न महिला समुहका अध्यक्ष तथा प्रर्तिनिधीहरु लगायत सामुदायिक सेवा केन्द्र सानेपाका पदाधिकारीहरु ज्यूहरू, विभिन्न संघ-संस्थाका अतिथिहरु र २० वटा स्कुलका छात्रहरू-५०० जना, छात्राहरू-४०० जना, शिक्षकहरू-२२ जना, शिक्षिकाहरू-१५ जना, विभिन्न संघ-संस्थाका प्रतिनिधि महिलाहरू-६० जना, पुरुषहरू-३५ जना गरी अं. जम्मा-११५१ जनाको सहभागितामा अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस २६ जुन २०२४ को अवसरमा नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कलाकारहरूबाट लागु औषध दुष्परिणाम सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरूको पुरस्कार वितरण कार्यक्रम गरिनुको साथै प्रमुख अतिथि ज्यूबाट उपस्थित सम्पुर्ण विद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थीहरू, संघ-सस्थाका पदाधिकारीहरूलाई लागु औषध प्रयोगबाट बच्न र बचाउन, लागु औषध सेवन तथा कारोबार गर्दा हुने सजाय र दुष्परिणाम सम्बन्धी विस्तृत जानकारी गराउनुका साथै अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरूद्ध दिवस २६ जुन २०२४ को अवसरमा कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]