२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रक्सी पिएका गायक राजेशपायल राईलाई दुबई उड्नै लागेको जहाजबाट फर्काइयो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौँ । चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।

एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।

यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए। पटक पटक राजेशपायल राई आफ्नो हर्कतका कारण विवादमा तानिँदै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।