२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

लागूऔषध दुरुपयोग अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रभावफेरी

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, शिक्षा विकास समन्वय इकाइ दाङ र पद्‍मोदय पव्लिक नमुना माध्यामिक बिद्यालय घोराही दाङको संयुक्त आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहकार्य एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीज्यूको अध्यक्षता, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माज्यूको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनज्यू, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., सशस्त्र प्रहरी वल कारागार सुरक्षा वेस घोराहीका स.प्र.ना.उ पृथ्वी बहादुर बोगटी. ,स्थानीय जनप्रतिनिधीहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बिद्यार्थीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पुनस्थापना केन्द्रका संचालकहरु, पत्रकार, प्रहरी लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय दाङको प्राङगणबाट ब्यानर, सचेतनामूलक पम्प्लेट सहित जिंगल बजाउदै पद्मोदय पब्लिक नमुना माध्यामिक बिद्यालय सम्म प्रभावफेरी कार्यक्रम तथा बिद्यालयको सभाहलमा संचालित समापन कार्यक्रममा अन्तरक्रिया, प्रहरी निरीक्षक सुशिल थापा मगरले दाङ जिल्ला लागू औषधको अबस्था, लागू औषध नियन्त्रण गर्न प्रहरीले गरेको प्रयास, प्राप्त उपलब्धी, लागू औषध नियन्त्रण गर्न प्रहरीलाई देखिएको समस्या र चुनौती लगायत बिषयमा प्रस्तुतीकरण दिनुको साथै प्रमुख अतिथी लगायत बिभिन्न वक्ताहरुको मन्तव्य राख्नु भई लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको समापन गरिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!