२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

चेक बाउन्समा फसे बलिउड अभिनेता राजपाल यादव अदालतले जेल चलाउन गर्न आदेश

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । नयाँ दिल्ली बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् ।

राजपालले सन् २०१० मा ‘आता पता लपता’ फिल्म बनाउन आफूसँग ५ करोड भारु ब्याजमा लगेको मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका निर्देशक उद्योगी माधौगोपाल अग्रवालले बताएका छन् । ब्याजसहित सो कर्जा १० करोड भारु पुगिसकेपछि उनले अभिनेतासँग आफ्नो पैसा फिर्ता मागे ।

बारम्बार पैसा मागेपछि राजपालले पनि उनलाई ५ करोड भारुको चेक दिए । तर यो चेक बाउन्स भएपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्‍यो । यस मामिलामा राजपाल जेल पनि गएका थिए । मे २९ मा दिल्लीको कडकडडुमा अदालतले राजपाललाई ३० दिनभित्र करिब १४ करोड रुपैयाँ बुझाउन आदेश दिएको छ ।

रकम नतिरे राजपाललाई तीन महिना जेल चलान गर्न अदालतले आदेश दिएको छ । अहिलेसम्म आफूले पैसा न पाएको माधौगोपालले बताएका छन् । राजपालले माधौगोपाललाई सिधै पैसा दिन सक्छन् वा अदालतमा डिमान्ड ड्राफ्ट पेस गर्ने विकल्प पनि उनी सामु छ । यस विषयमा यादवसँग सोध्दा उनले समय आएपछि जवाफ दिने बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!