२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

विजयनगर गाउँ कमिटीले राेप्याे एक हजार बढी विरुवा मदनकाे ७३ औँ जयन्तीमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

(धर्मेन्द्र कुमार कुर्मी)
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु विजयनगर गाउँ कमिटीले वृक्षारोपण गरि ‘जननेता’ मदन भण्डारीकाे ७३ औँ जन्म जयन्ती मनाएको छ । ‘रुख, बिरुवा राेपाैँ, वातावरण जाेगाऔँ’ भन्ने मूलनाराका साथ मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे नेकपा एमाले विजयनगर गाउँ कमिटीले जनाएको छ ।

भण्डारीको जन्म जयन्तीकाे अवसरमा विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ भगीरामपुरकाे चिराई नदीकाे खाली ठाउँमा नेकपा एमाले विजयनगर गाउँ कमिटीले १ हजार ७३ ओेटा सगुवनकाे बिरुवा राेपेर मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गाेपाल बहादुर थापाले मदन भण्डारीले मुलुककाे निम्ति गरेका याेगदानकाे स्मरण गर्दै भण्डारीकाे विचार र मार्गमा हिड्न आवश्यक रहेकाे बताएका छन् । उनले देश परिवर्तनका लागि सबैले एकताबद्ध हुँदै अघि बढ्नुपर्नेमा जाेड दिएको छ ।

यसैक्रममा उनले संसारम जलवायु परिवर्तनले ठुलाे समस्या निम्त्याएको बताउँदै प्रत्येक घर-घरमा सबैले अनिवार्य रुपमा फलफूल लगायत विभिन्न प्रजातिका विरुवा लगाउनुपर्ने बताए । गाउँपालिका अध्यक्ष समेत रहेका थापाले वृक्षारोपण कार्यलाई अभियानकाे निरन्तरता दिँदै गाउँपालिकालाई हरियाली बनाउँदै लैजाने उनले बताए । उनले उजाड जग्गामा वृक्षारोपण गरि वातावरण जाेेगाउन सबैले लाग्नुपर्नेमा जाेड दिए । राेपिएकाे विरुवालाई संरक्षण गर्न स्थानीयलाई आग्रह गर्दै उक्त क्षेत्रमा तारवार समेत गरिने उनले बताए ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवी प्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चाैधरी, जिल्ला सदस्य लाेक बहादुर थापा, अनवर माेहम्मद मुसलमान, दिपेन्द्र बहादुर महरा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु, गाउँ कमिटी सचिव, गाेकर्ण प्रसाद सापकोटा, गाउँ कमिटीमा सदस्यहरु लगायत एमालेका जनवर्गीय संगठनका पदाधिकारीहरुकाे सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!