२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ।

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए। रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट छौं,’ उनले भने, ‘अर्को सरकार बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।