२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गृहसचिवसँगै दुई आईजिपी सवार विमानले आकाशमा २ घण्टा बढी चक्कर काटेयो

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौं । अमेरिकाबाट सपत्नी फर्केका सचिव एकनारायण अर्याल,प्रहरी प्रमुख बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एअरवेजको विमान निर्धारित समयभन्दा दुई घण्टा ढिलो काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

वर्षाका कारण काठमाडौं र मकवानपुरमाथिको आकाशमा भिजिबिलिटी कम भएपछि कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ विमान साँझ ६ बजे र ३५ मीनेटमा अवरण गरेको छ । उक्त विमान पौने ५ बजे नै अवतरण गर्नुपर्ने थियो ।

सचिव अर्याल,आइजी कुँवर र अर्याल गत साता अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्केका हुन् ।

सिमरामाथि आइपुगेपछि मौसम प्रतिकूल हुँदा अपरान्ह साढे ४ देखि ६ बजेसम्म अन्य विमानको उडान पनि प्रभावित भएको छ । बैंककबाट आएको थाइ लायन र ढाकाबाट आएको हिमालयन एअरलाइन्सको विमान पनि निर्धारित समयभन्दा निकै ढिलो अवतरण गरेका थिए । झण्डै आधा दर्जन आन्तरिक उडानका विमानले पनि सिमरामाथि चक्कर लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।