२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाढी पहिरोका कारण राजपुर गाउँपालिका वडा ७ नाका क्षेत्रको ग्रामिण सडकहरु अवरुद्ध

Logo
(सागर रोका) प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर:- ७ स्थित अविरल वर्षाका कारण भारतसंग जोडिएको दाङ,देउखुरीको सिमा नाकामा ग्रामीण सडक अवरुद्ध भएको छ ।

नाका क्षेत्रमा प्रवेश गर्ने ग्रामीण सडक अवरुद्ध भए लगत्तै त्यहाँको अवस्था अहिले आवाज जावाज मा नाजुक बनेको छ ।
असारे बर्खायाम सुरु भए लगत्तै राजपुर गाउँपालिकाको नाका क्षेत्रमा पर्ने मोटर बाटो बाढी पहिरोका कारण तहसनहस भएको छ ।

बसौं देखी नाका बासीले भोग्नु परेको पिडा आफ्नो गाउँ देखी बजार सम्म पुग्नको लागी राम्रो र भरपर्दो मोटर बाटो नहुदा बर्खायाममा किनमेल गर्नको लागी नजिकैको ईन्डिया बजार र नेपालको लमही बजार आउन समेत सास्ती खेप्नुपरेको त्यहाँका स्थानीय बालाराम गिरिले बताउनु भएको छ ।

हरेक वर्षमा दाङको देउखुरी सिमाना नाका क्षेत्रमा प्रवेश गर्ने मोटर बाटो बनाउने गरेता पनि भरपर्दो र खोलाखालीमा होमपाईप र बाटोको वरिपरि बाट पक्की नाला नहुनाले नाका प्रवेश गर्ने मोटर बाटो मा लाखौं खर्च गरेर बनाएता पनि कुनै पनि अर्थ नभएको देखिएको छ ।

त्यस्तैगरेर नाकामा रहेका हरेक सुत्केरी महिला दिदिबहिनी हरुको लागि झन धेरै भन्दा धेरै कष्टकर रहेको पाइन्छ ।
नत भनेको समयमा नजिकै रहेको भारतको हस्पिटल जान सकिन्छ ।
नत नेपालको लमही,घोराही,तुलसीपुर,नेपालगन्जको हस्पिटल जान्नै सकिन्छ ।

यश वर्ष मात्रै नभएर धेरै वर्ष देखिनै यस्ता समस्याहरु भोग्दै आएका छन । नाका बासीहरुले ठुला बडा मान्छे आउछन नाकाको लागि केहि परिवर्तन गर्छौ भनेर जान्छन तर फर्केर पनि आउदैन चुनावी माहुलमा नाका बासीको घर दैलो सम्म पुग्ने गरेता पनि त्यो आशा र सपना त्यहाँ बसोबास गर्ने नाका बासिन्दाहरुको लागी त केबल एउटा आशा र सपना देखाउने र बिकासको नाममा आफ्नो स्वार्थको लागी हेरिने र नाकाली सोझा साझालाई बेकुफ बनाउने थलो जस्तै बनेको भन्दै राजपुर गाउँपालिका भैसाही नाका बासिन्दा पुर्ण रोकाले बताउनु भएको छ ।

भारत संग जोडिएको राजपुर गाउँपालिका देउखुरीको नाका क्षेत्रमा आफ्नो स्वार्थ र आफ्नो पढ पाएपछि नाकाको लागि हुनुपर्ने बिकास र त्यो आश कुनै पनि परिवर्तन गर्नुको सातो फर्केर पनि नाका क्षेत्रमा प्रवेश नगरेको कतिपय नेता र प्रतिनिधि हरु पनि छन । भारतसंग जोडिएको सिमाना नाका क्षेत्रमा अझै पनि बिकासको रूपमा परिवर्तन भने हुन सकेको छैनन ।

नाका क्षेत्रमा एउटा नमस्ते को टावर राखिएको केहि वर्ष हुन लागेता पनि भनेको जस्तो गाउँटोलमा राम्रोसँग काम नगर्ने भएकाले नाका बासिन्दाहरुले अझै पनि ईन्डियाको सिम प्रयोग गर्दै आएका छन । तन त्यहाँ भनेको जस्तो यातायात,स्वस्थ्य,शिक्षा,विद्युत,खानेपानी सेवा सुबिधा लगाएत अन्य कुरामा पछाडी परेको राजपुर गाउँपालिका वडा नम्बर-७ का पुर्व सदस्य लिला बि.कले बताउनु भएको छ ।

सिमा नाकामा अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएपछि नाका बासीहरुको समस्या हल गर्नको लागी स्थानीय सरकारले मात्रै नभएर प्रदेश र केन्द्रिय सरकारले पनि यस कुरामा पुर्ण रूपमा लागी पर्नु पर्ने राजपुर गाउँपालिका अध्यक्ष शरद बुदाथोकीले बताउनु भएको छ ।
त्यस्तै गरेर बर्खायाम अलि कम भए लगत्तै राजपुरको नाका क्षेत्र प्रवेश गर्ने मोटर बाटो संचालन ल्याउने बुदाथोकीले बताउनु भएको छ ।

मोटर बाटो बनाउनको लागी लाखौं करोडौं बजेट खर्च गरेता पनि भनेको जस्तो बन्न सकेको छैन । सुनपथरी नाका,भैसाही नाका,सिमगजमरी नाका,भौवा नाका,मनौरा नाका,खिर्की नाका,सुगैया नाका,लगाएत अन्य नाकामा समेत अहिले ग्रामीण सडक अवरुद्ध भएको छ ।

हरेक वर्ष यसरी मोटर बाटोको लागि लाखौं पैसा खर्च गर्नु भन्दा त्यहीँ बजेटको अनुसारको मोटर बाटोको लागी खोलाको किनारमा होमपाईप र बाटोको छेउछाउमा पक्की नाला नहुन सकेता पनि बर्खायाममा पानीले मोटर बाटो खराब नहुने तरिकाले नाली राखेर बनाएको भए मोटर बाटो बर्खायाममा पनि आवाज जावाज गर्नलाई धेरै सहज हुने भन्दै राजपुर गाउँपालिका वडा नम्बर-७ भैसाही नाकाका स्थानीय बासिन्दा प्रेम केसीले बताउनु भएको छ ।

त्यस्तै गरेर नाकामा विद्युतको पहुँच नहुदा नाका बासीहरुले रातको समयमा बत्ती बाल्न र मोबाईल चार्ज गर्नको लागि सोलारको प्रयोग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]