२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अविरल वर्षाका कारण बाढीपहिरो जाँदा लुम्बिनीका विभिन्न सडकहरु अवरूद्ध

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ २२, २०८१

काठमाडौं ।दाङ सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सिस्ने गाउँपालिका-६ रानीकोटमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्गको दाङ सडक अवरूद्ध भएको छ।

त्यस्तै दाङको तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ।

उक्त मोटरसाइकल लगायत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए।

सोही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधीन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाएको छ।

बाढीले ह्युमपाइप बगाइदिएपछि बाइपास हुँदै सवारी साधन सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकांश सवारीसाधन संचालनमा आएका छन्। यो खोलामा पक्की पुल निर्माणको काम यही वर्षदेखि सुरु गरिएको भएपनि पिलर ठड्याउने काम मात्रै भएको छ ।

वर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको वहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटीय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ सतर्क रहन आग्रह गरिएको छ ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ।

त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको डिएसपी थापाले बताए। दुवै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले राप्ती नदी लगायतमा पानीको वहाब ह्वात्तै बढेको हुँदा सा‍वधानी अपनाउन सचेत गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।